२०८१ श्रावण १२

कांग्रेस लुम्बिनीमा पुन र शाहबीच चुनावी प्रतिस्पर्धा हुने
  • लुम्बिनी खोज
  • २०७८ मंसिर १७, शुक्रबार १६:४३ गते

बुटवल ।    कांग्रेस लुम्बिनी प्रदेशको सभापतिका लागि अमरसिंह पुन र भरतकुमार शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। रोल्पाका पार्टी सभापति पुनः वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् भने रुपन्देहीका सभापति शाह पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन्। एक हजार ६ सय ४८ प्रतिनिधि रहेको लुम्बिनीमा दुई सय मतले आफूहरूले जित्ने पौडेल पक्षको दाबी छ। जिल्ला सभापतिमा पौडेल पक्षको वर्चश्व भए पनि बढी भोट भएका जिल्लामा आफ्नो प्रतिनिधि धेरै भएको देउवा पक्षको दाबी छ।

त्यस्तै, पौडेल पक्षले उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)  र महामन्त्रीमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) लाई उम्मेदवार बनाएको छ भने सह–महामन्त्रीमा  खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र  निमा गिरी (प्युठान) (महिला) लाई उम्मेदवार बनेका छन्।

देउवा पक्षको उपसभापतिमा सुधाकर पाण्डे (कपिलवस्तु) र राजु खनाल (दाङ) र महामन्त्रीमा जन्मजय तिमिल्सिना (बर्दिया) र  खिमानसिंह रायमाझी (प्युठान)उम्मेदवार बनेका छन्। सह–महामन्त्रीमा सरिता चौधरी (रुपन्देही) , माया पुन (बाँके) र लक्ष्मीनारायण शाह (बाँके)को उम्मेदवारी परेको छ।