२०८१ श्रावण १२

टोपबहादुर रायमाझी काठमाडौंमै पक्राउ
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३१, आईतवार १६:२५ गते

बुटवल, ३१बैशाख ।

नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार रहेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी आइतबार पक्राउ परेका छन् । पक्राउ पुर्जी (वारेन्ट) जारी भएको ११ दिनपछि एमाले नेता  रायमाझी पक्राउ परेका हुन ।  प्रहरीले उनीविरुद्ध वैशाख २० गते नै वारेन्ट जारी गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनलाई त्यहाँबाट पक्राउ गरेर परिसरमा ल्याइएको छ

सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो । बाबुछोराविरुद्ध एकैदिन पक्राउ पुर्जी जारी भएको थियो । यस्तै यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण समेत १३ जना पक्राउ परेका छन् भने अन्य केही अझै फरार छन् ।