२०८१ श्रावण १२

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ५, शुक्रबार ०८:४४ गते

काठमाडौं,५ जेठ ।

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो । आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेटमा गुणात्मक, नतिजाउम्मुख, उत्पादन र रोजगारी सिर्जनामूलक हुने बताउँदै आएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संघीय संसद् राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बिहीबारको बैठकले तीन दिन छलफल हुने कार्यसूची बनाएको छ।

यस्तै, प्रतिनिधिसभाको बैठकमा पनि पनि उक्त नीति तथा कार्यक्रममाथि छलफल भएपश्चात् सरकारले १५ जेठसम्म बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।