२०८१ आश्विन ७

डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक जारी
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २५, बिहीबार १०:४५ गते

काठमाडौ, २५ जेठ ।
डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बिहिवार देखि शुरु भएको छ । उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्ने बताइएको छ ।
नेपाल समाजवादी पार्टीले नेपालका राजनीतिक दलहरूलाई पाँचवटा धारहरूमा विभाजित गरेको छ । पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा उदारवादी लोकतान्त्रिक धार, साम्यवादी धार, पुनरुत्थानवादी संवद्र्धनवादी धार, जातीयरक्षेत्रीय पहिचानवादी धार र नयाँ तथा वैकल्पिक शक्तिहरूका रूपमा विभाजन गरेको हो ।भट्टराईले नेपाली कांग्रेसलाई उदारवादी लोकतान्त्रिक धार भएको पार्टीको रूपमा व्याख्या गरेका छन् ।
त्यस्तै, साम्यवादी धारमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदिलाई समावेश गरेका छन । पुनरुत्थानवादी संवद्र्धनवादी धारमा राप्रपालाई पश्चगामी र रुढिवादी सोच राख्ने सानो तप्काको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा व्याख्या गरिएको छ । जातीय र क्षेत्रीय पहिचानवादी धारका प्रतिनिधिहरूमा जसपा, लोसपा, जनमुक्ति, लिम्बूवान मञ्च लगायतका दललाई राखिएको छ ।
नयाँ तथा वैकल्पिक शक्तिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील साझा पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी राखेका छन् । यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक धार अझै प्रस्ट नरहेको तथा अनौपचारिक कुराकानीमा पार्टीले आफूलाई ‘राइट–अफ सेन्टर’ ९मध्य दक्षिण० धारको भन्ने गरेको उल्लेख गरेका छन्
।बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गरेका छन । बैठक बिहिबार र शुक्रबार गरी दुई दिन सम्म चल्नेछ ।