२०८१ श्रावण १२

नेपालले दियो जिम्बाव्वेलाई २९१ रनको लक्ष्य
  • लुम्बिनी खोज
  • २०८० असार ३, आईतवार १०:४१ गते

 

बुटवल ३ असार ।
विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेलाई नेपालले जितका लागि २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको छ ।

नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।

जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।

कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।तेस्रो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि टोलीको खातामा ४१ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए । कप्तान रोहित पौडेलले पनि ३१ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका पौडेलले २९ बलमा पाँच चौका प्रहार गरे । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।

जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।