२०८१ श्रावण १२

फुटसलको उपाधि स्वास्थ्यकर्मी महिलालाई
  • लुम्बिनी खोज
  • २०७८ पुष ११, आईतवार ०८:४९ गते

बुटवल – दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि स्वास्थ्यकर्मी महिलाले जितेका छन् ।
शनिबार बुटवलमा सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मी महिलाहरुले उपाधी जितेका हुन् । फाइनल खेलमा उसले बुटवल उपमहानगरपालिकाका कर्मचारी महिलालाई पेनाल्टीमार्फत हराएको थियो । विजेताले उपाधिसंगै नगद १० हजार नगद, शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा कर्मचारी महिलाले दोस्रो स्थान हासिल गरेका छन् । उपविजेता बुटवल उपमहानगर पालिकाका कर्मचारीले उपमहानगरले नगद ५ हजार रुपैया नगद शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी महिलाको तर्फबाट मुना दर्लामी र सोही टिमबाटै उत्कृष्ट किपर विपना भण्डारी भए । यस्तै सर्वाधिक गोलकर्ता किसान समूह सैनामैनाबाट सुनिता चौधरी , सर्कोकृष्ट डिफेन्डर बुटवल उपमहानगरकी कर्मचारी महिला कमला विक भइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान गरेको प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराइन ।
महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्ति बुटवलले महिला शसक्तिकरणका लागि खेल भन्ने नारासहित महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एकल महिला, सञ्चारकर्मी, कृषक समूह ,स्वास्थ्यकर्मी ,व्यवसायी,किशोरी, द्धन्द्ध पीडित लगायत १२ महिला समूहको सहभागिता रहेको थियो । सहभागी टिमलाई रेडियोका अध्यक्ष खेमकुमारी पोखरेल दीपु र खेल संयोजक अमृता अनमोलले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता रेडियो मुक्तिकी अध्यक्ष खेमकुमारी पोख्रेल दिपुको अध्यक्षता, बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता र स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा भएको थियो । त्यसैगरी प्रतियोगितामा निरज गुरुङले रेफ्रि र दीपक न्यौपानेले खेल सञ्चालक तथा उदघोषकको भूमिका निर्वाह गरेका थिए ।