२०८१ श्रावण १२

के छ तिलोत्तमाको नीति कार्यक्रममा ?
  • लुम्बिनी खोज
  • २०८० असार ९, शनिबार १३:४८ गते

बुटवल ९ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले १सय ५५ वुद्धेमा समेटीएको वर्ष ०८०÷०८१ को नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति कार्यक्रमको लक्ष्य “समृद्ध नगर खुशी नगरबासी “ रहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरिएको नगर प्रमुख खाँणले बताए ।
आर्थिक बिकास अन्तर्गत कृषि, पशु, रोजगारी, पर्यटन तर्फ खेतवारीमा उत्पादन हातहातमा अनुदानको नीति अपनाईने , नगरका प्रमुख बालीहरुमा देखापर्ने रोगहरुको शीघ्र निदानको लागि नगर क्षेत्रभित्र बिशेषज्ञ सहितको बाली उपचार शिविर संचालन गरिने तथा बालि वीमा कार्यक्रम संचालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।
नगरपालिकामा एक भूमि बैंक स्थापना गरिने जहाँ सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरि उक्त जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका यूवा, स्थानीय यूवा, आमा समूह, यूवा क्लब तथा यस्तै प्रकृतिका सामुदायिक संघ संस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेति तथा अन्य कृषिजन्य उत्पादन का लागि प्रोत्साहन गरिने तथा सामुहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरुलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने नीति कार्यक्रममा छ । मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने तथा विभिन्न सुपर मार्केटहरु संग सम्झौता गरि उक्त बजारहरुमा तिलोत्तमाको उत्पादन बिक्रि वितरणको व्यवस्था गरिने विषय पनि समेटिएको छ ।
पशु सेवालाई प्रभावकारी रुपमा सम्पादन गरि पशुपंक्षीहरुको आकस्मिक उद्दार तथा उपचार सेवा प्रदान गर्नको लागि विशेषज्ञ पशु चिकित्सक सहितको “भेट एम्बुलेन्स” सेवा संचालन गरिने तथा देशब्यापी रुपमा पशुहरुमा देखा परेको खतरनाक “लम्पी स्किन” रोग बिरुद्धको खोप नगरक्षेत्रभित्र रहेका सम्पूर्ण गाईहरुमा निशुल्क उपलब्ध गराइने नगर प्रमुख खाँणले बताए ।

 

Final policy80-81 tilottamaFinal policy80-81 tilottama