२०८१ श्रावण १२

उद्योग संघ र स्वीजरल्याण्डका कार्यवाहक राजदुतसँग भेट
  • लुम्बिनी खोज
  • २०८० असार ११, सोमबार १२:३० गते

बुटवल ११ असार ।
रुपन्देही उद्योग संघले नेपालका लागि स्वीजरल्याण्डका कार्यवाहक राजदुत, ENSSURE, QualiTY र NVQS-P का प्रतिनिधि मण्डलसँगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
संघले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) सँगको साझेदारीमा संचालन गरेको सीप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम क्षेत्रमा संघको संलग्नता बारेमा जानकारी गराउदै संघद्वारा संचालित सीप विकास इकाइ मार्फत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमम क्षेत्रमा कार्यान्वयन गरेका क्रियाकलापहरु, प्राप्त उपलब्धि, सिकाइ तथा अवसरका बारेमा समेत प्रस्तुतीकरण गरेका थिए ।
खुला छलफलको क्रममा सीप विकास इकाईद्वारा गरिका कार्यहरु मार्फत उद्योगमा परेका सकारात्मक प्रभाव र आगामी दिनहरुमा उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्तिको अभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? भन्ने विषयमा व्यापक छलफल भएको संघले जनाएको छ । उक्त अवसरमा सहभागि उद्योगिहरुद्वारा जनशक्तिको अभावलाई परिपूर्ति गर्न लामोरछोटो अबधिका कार्यमा आधारित तालिमहरु संचालन गर्न सकेमा भारतबाट ल्याउनु पर्ने प्राविधिक जनशक्ति नेपालमा नै उत्पादन गर्न सकिने सुझाव राखेका थिए ।
नेपालका लागि स्वीजरल्याण्डका कार्यवाहक राजदुत महामहिम माथियास माइयरले रुपन्देही उद्योग संघबाट संचालित सीप विकास इकाइ मार्फत सीप अभिवृद्धिको लागि गरिएका प्रयासहरु प्रशंसनीय रहेको बताउदै अप्रेन्टीसिप कार्यक्रममा ठूला उद्योगहरुलाई समेत साझेदार बनाउन प्रयास गर्नु पर्नेमा जोड दिए ।
सो कार्यक्रममा प्राविधिक तथा व्यवसायिक तालिमको क्षेत्रमा ठूलो योगदान रहेको र आगामी दिनहरुमा उद्योगहरुलाई आवश्यक पर्ने सीप अभिवृद्धि, तालिमहरुको पहिचान गरी दक्ष प्राविधिक जनशक्तिको अभावलाई न्यूनीकरण गर्दै अप्रेन्टीसिप कार्यक्रमलाई विस्तार गर्ने विषयमा जोड दिएका थिए ।
संघका महासचिव हरि वहादुर खत्रीको सञ्चालन र कोषाध्यक्ष हिरामणि भट्टराइको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।