२०८१ श्रावण १२

ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालकसहित विभिन्न ब्यक्तिहरु पक्राउ
  • लुम्बिनी खोज
  • २०८० असार १२, मंगलवार ०९:१६ गते

काठमाण्डौं १२ असार ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको चर्चित प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै विभिन्न ब्यक्तिहरुलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसीलाई पक्राउ गरिएको हो।