२०८१ श्रावण १२

सेयर बजारमा गिरावट
  • लुम्बिनी खोज
  • २०८० श्रावण २१, आईतवार ११:४१ गते

काठमाडौं २१ साउन।
साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ ।आज सबै समूहको सेयर ओरालो लागेको छ। यसमा पनि सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सको सेयर साढे नौ प्रतिशत तथा अभियान लघुवित्त कम्पनीको सेयर आठ प्रतिशतले घटेको छ।

आइतबार बजार ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा झरेको छ । यो १.८३ प्रतिशतको गिरावट हो । आइतबार २६५ धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम भने २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।
आइतबार वित्त, होटल तथा पर्यटन र व्यापार उपसूचकमा बढी गिरावट आएको छ । बैंकिङ उपसूचक १.७० प्रतिशतले घटेको छ ।

कृषि विकास बैंक, पिपुल्स पावर, नेपाल एसबीआई बैंक डिभेन्चरसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।