२०८१ श्रावण १२

नेपाल प्रहरीका पाँच एआइजीको सरुवा
  • लुम्बिनी खोज
  • २०८० भाद्र २, शनिबार ११:३९ गते

बुटवल २ भदौ ।
सरकारले नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पाँच एआइजीको जिम्मेवारी हेरफेर भएको हो

गृहमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरेको छ ।
ज्ञवालीको स्थानमा प्रशासन विभागका एआइजी दीपक थापालाई ल्याइएको छ । कार्यविभागकी एआइजी मीरा चौधरीलाई यसअघि थापाले नेतृत्व गरिरहेको प्रशासन विभागमा लगिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ । उनको स्थानमा मानवस्रोत विभागका एआइजी सन्दीप भण्डारीलाई जिम्मेवारी दिइएको छ ।