२०८१ श्रावण १२

संसदीय समितिका सभापतिको निर्वाचन सोमबार
  • लुम्बिनी खोज
  • २०८० भाद्र ७, बिहीबार १०:१३ गते

बुटवल,७ भदौ  ।

संसदीय समितिका सभापतिको निर्वाचन आगामी सोमबार हुने भएको छ।

सभामुख देवराज घिमिरेले ११ भदौ दिउँसो १ बजेका लागि सभापति निर्वाचनको मिति तय गरेका हुन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले दलहरूसँगको परामर्शमा सभामुख घिमिरेले सोमबारका लागि निर्वाचन मिति तोकेकाे जानकारी दिए। १५ वैशाखमा गठन भएका प्रतिनिधिसभाका १० वटा विषयगत समितिले अझै सभापति पाउन सकेका छैनन्। त्यसैगरी दुईवटा संयुक्त समितिको पनि सभापति चयन भएको छैन।

दलहरूबीच समिति नेतृत्वको भागबन्डा भने भइसकेको छ। जसअन्तर्गत कांग्रेस चार, एमाले तीन, माओवादी दुई, जसपा एक, एकीकृत समाजवादी एक र जनमतले एक समिति सभापति पाउनेछन्।