२०८१ श्रावण १२

भ्रष्टाचारविरुद्धको लडाइँ रोकिँदैनः प्रधानमन्त्री प्रचण्ड
  • लुम्बिनी खोज
  • २०८० भाद्र १४, बिहीबार १२:५७ गते

सुर्खेत १४ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको र यो भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताएका छन् । वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई आज सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीहरुले चनाखो र अझ ठूलो मोर्चा बनाउनुपर्ने मा जोड पनि दिए । कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उनले समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको बताए ।

यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले परिवर्तनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए ।
उनले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरुलाई सह्य नभएको बताए ।