२०८१ श्रावण १२

पुसमा बुटवलमा लुम्बिनी एक्सो–२०८० को आयोजना
  • लुम्बिनी खोज
  • २०८० भाद्र २६, मंगलवार ११:२० गते

 

बुटवल, २६ भदौं ।
रुपन्देही व्यापार संघले आगामी पुसमा बुटवलमा पाचौं लुम्बिनी एक्सो–२०८०, अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको छ । मेलाको तयारीको सिलसिलामा संघको कार्यसमिति र पूर्व अध्यक्षहरुसहितको गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम पाल्पाको बसन्तपुरमा गरिएको छ ।
लुम्बिनी एक्पो–२०८० को आयोजनाको तयारीको सिलसिलामा राखिएको कार्यक्रममा परिर्वर्तित सन्दर्भमा एक्पोलाई दर्शक तथा उपभोक्ताहरुको चाहाना अनुसार परिमार्जन गरि भव्य रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जनाइएको छ । कार्यक्रममा एक्पो मूल समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघले हालसम्म गरेका तयारी तथा प्राथमिकता बिषयमा जानाकारी गराउदै सबै क्षेत्रबाट सल्लाह र सुझावको अपेक्षा लिएको बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरूले एक्पोमा प्रविधिलाई विशेष महत्व दिन सुझाव दिएका थिए । उनीहरुले स्वदेशी उत्पादन, गुणस्तरीय वस्तुको प्रर्दशन, सरसफाई, पार्किङ्ग, मनोरञ्जनलगायतका विषयमा सुक्ष्म रुपमा अध्ययन गरि प्राथमिकतामा राख्न पनि सुझाव दिए । एक्पोलाई स्वदेशी उत्पादनसंग जोडेर नेपाली उपभोक्ताहरुको आवश्यकता पहिचान गरि नया ढंगले दर्शक उपभोक्ताको मन जित्ने गरि आयोजना गर्नु पर्ने कुरामा उनीहरुको जोड थियो ।
संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघले गर्ने एक्पो सधै अब्बल र सफल हुने गरेको हुदा वर्तमान आर्थिक मन्दीको अवस्थामा उद्योगी व्यवसायीहरुमा उत्साहा प्रदान गर्ने लक्ष्यसहित आयोजना सम्पन्न गर्न सुझाव दिए ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शंकर भट्टराई, टंकप्रसाद पोखरेल, श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, निर्वमान अध्यक्ष यमलाल लोहनी, संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, द्वितिय उपाध्यक्ष दिपक अधिकारी, महासचिव दयानीधि भण्डारी, कोषाध्यक्ष ऋषिराम पाण्डे, सहसचिव फर्सुराम पन्त, सहकोषाध्यक्ष मणी खनाल लगायत एक्सोका बारेमा धारणा राखेका थिए ।