२०८१ श्रावण १२

संविधान दिवसमा विभूषण प्रदान नगर्ने सरकारको निर्णय
  • लुम्बिनी खोज
  • २०८० भाद्र २९, शुक्रबार १६:३७ गते

वितरणलाई व्यवस्थित गर्न कार्यदल गठन
काठमाण्डौं २९ भदौ ।
आगामी संविधान दिवसमा सरकारले नयाँ विभूषण वितरणको घोषणा नगर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ३ असोजमा मनाइन लागेको संविधान दिवसमा नयाँ विभूषण वितरणको घोषणा नगर्ने निर्णय गरेको हो।

विभूषण वितरणलाई व्यवस्थित गर्न कार्यदल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको छ। विभूषणलाई मर्यादित र व्यवस्थित गरी गरिमा बढाई राष्ट्रको सम्मानका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र प्रचलित कानुनसमेतका अध्ययन गरी कार्यदलले प्रतिवेदन दिनेछ। यसका लागि तीन महिनाको समय दिइएको छ।

कार्यदलको प्रतिवेदन नआएसम्मका लागि विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
हरेक संविधान दिवसका अवसरमा वितरण गरिने विभूषण विवादमा पर्दै आएको छ।