२०८१ श्रावण १२

नेप्से ४.२६ अंकले बढ्यो, कारोबार रकम ८७ करोड मात्रै
  • लुम्बिनी खोज
  • २०८० आश्विन १, सोमबार १४:०९ गते

बुटवल १ असोज ।
सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४.२६ अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार नौ सय ६९.१८ मा पुगेको छ।
कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ। विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता सेयर रु ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका छन्।