२०८१ कार्तिक ६

दलहरुलाई सहमति र सहकार्यबाट अगाडी बढ्न प्रदेश प्रमुख शेरचनको सुझाव
  • लुम्बिनी खोज
  • २०८० आश्विन ४, बिहीबार १५:४९ गते

बुटवल ४ असोज ।
लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको सम्वृद्धिका लागि दलहरु सहमति सहकार्यबाट अगाडी बढ्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उनले अहिले विकास निर्माण मार्फत सम्वृद्धिको दिशामा अगाडी बढ्नुपर्ने धारणा राखे । जनतामा अनुभुति हुने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव पनि उनले दिए । प्रदेश प्रमुख शेरचनले तीन तहका सरकारहरुले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतालाई सर्वोपरी राख्नुपर्ने भन्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रलाई शीरमा राख्नुपर्ने बताए ।
उनले विकास निर्माणका काममा प्रदेश प्रदेशहरुले प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए । विकास निर्माणका राम्रा काम गरे कसैले कुरा उठाउन नसक्ने भन्दै उनले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सुझाव दिए ।