२०८१ श्रावण १२

पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित
  • लुम्बिनी खोज
  • २०८० आश्विन ६, शनिबार १२:२७ गते

काठमाडौँ ६ असोज ।
नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् ।

क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् ।
अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । आज भएको निर्वाचन पक्रियाबाट चन्द अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए ।
क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए । यस्तै, कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चन भएका छन् । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
पदाधिकारीमा सचिव र खुला सदस्य तथा प्रदेश सदस्यका लागि निर्वाचन भएको हो ।