२०८१ श्रावण १२

कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो
  • लुम्बिनी खोज
  • २०७८ माघ ११, मंगलवार ११:०८ गते

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारमा चासो देखाएका छन । पछिल्लो समय कोरोनाको नँया भेरियन्ट तिव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमाउनले जानकारी लिएका हुन ।
मुख्यमन्त्री कुल प्रसाद केसीसहित सभामुख , प्रदेशका मन्त्रीहरु , स्वास्थ्य मन्त्रालयका सचिब , सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालयमा बोलाएर उनले आईतबार जानकारी लिए । प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिको गर्ने कार्य गर्न सुझाब दिए । उनले प्रयाप्त मात्रामा पिसिआर परिक्षण नभएको , सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टाईन सञ्चालन हुन नसकेको मिडियाबाट आफुले जानकारी पाएको बताउँदै उनले तत्काल तिनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्नको लागि शुझाब दिए । सरकारको पहिलो दायित्व नागरिकको जिवन रक्षा भएको बताउँदै शेरचनले नागरिकको जिवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे ।
सो अवसरमा मुख्यमन्त्री कूलप्रसाद केसीले प्रदेशका मन्त्रीहरुको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमन थालिएको बताए । केन्द्र सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही , कपिबस्तु र बाँकेमा गरी ३ वटा होल्डिङ्ग सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए । रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ्ग सेन्टर नबनेको र कपिलबस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको केसीले बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डाक्टर बिकास देवकोटाले प्रदेशमा कोरोना संक्रमणको अवस्था बारे जानाकारी गराएका थिए ।
यस्तै प्रदेशका सभामुख पूर्ण बहादुर घर्ति , आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का , सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा , स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुलगायतले कोरोना संक्रमण रोकथाम नियन्त्रणका प्रयासका बारेमा धारणा राखेका थिए ।