२०८१ श्रावण १२

नेप्से १११ अंकले बढयो
  • लुम्बिनी खोज
  • २०८० मंसिर २४, आईतवार १०:३५ गते

बुटवल २४ मंसिर ।
नेप्से परिसूचक आज एकै दिन एक सय ११ बिन्दुले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भयो। १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै आजलाई बजार बन्द गरिएको छ।
नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ। बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको छ। २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो। आइतबार त्यसयताकै उच्च बिन्दुमा नेप्से आइपुगेको हो।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो। यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको मानिएको छ। आइतबार बजारमा ४८ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ।