२०८१ श्रावण १२

क्रिकेटमा नवीनलाई तृतीय स्थान
  • लुम्बिनी खोज
  • २०८० पुष १०, मंगलवार १०:१६ गते

बुटवल ९ पुस ।
रुपन्देहीमा भएको टी टेन (T 10)जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ ।
नेपथ्य स्पोर्ट्स द्वारा आयोजित टी टेन(T 10 ) जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा टस हारेर  ब्याटिङको निम्तो पाएको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले सेन्ट जोसेफ  लाई  निर्धारित १० ओभरम ७  विकेट गुमाउदै ७५  रनको लक्ष्य दिएको थियो।जसमा नवीनका छात्र खेलाडी आशिष बि कले २४ रन र  प्रबिन्द्र  यादवले १२ रन जोडेका थिय। ७५ रनको लक्ष्य पायको सेन्ट जोसेफ सवै बिकेट गुमाउँदै ६३ रन बनाएको थियो।११ रनले बिजय भएको  खेलमा नबिनले  फिल्डिङमा उत्कृष्ट खेल प्रदर्सन गर्दै  म्यान अफ दि म्याच प्रबिन्द्र यादवले १२ रन  जोडदै  ४ बिकेट लिएका थिए ।
यो संगै नेपथ्य स्पोर्ट्स द्वारा आयोजित त्ज्ञण् जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा तृतीय स्थान हात पार्न सफल भएको विद्यालयका खेलकुद प्रशिक्षक नवराज खरेलले बताए ।