२०८१ श्रावण १२

बुटवलको नगरसभाः के के विधेयकहरु पेश हुदैछन् ?
  • लुम्बिनी खोज
  • २०८० पुष १०, मंगलवार १५:०३ गते

ऐन संशोधन गर्ने पनि कार्यसूची
बुटवल ।
बुटवल उपमहानगरपालिकाको १३अ‍ौ नगरसभा बुधबार बस्दैछ।
बुधबार दिउँसो २ बजे बस्ने सभामा जलश्रोतसम्बन्धि विधेयक, छाडा चौपाया व्यवस्थापनसम्बन्धि विधेयकजस्ता विधेयक पेश तथा ऐन संशोधन गर्ने कार्यसूची छ।
मंगलबार कार्यपालिका बैठकले नगरसभाका ऐजेण्डा तय गर्दै अर्धवार्षिक समीक्षा, आगामी कार्ययोजनालगायतका विषय सभा पेश गर्ने नगर प्रमुख खेलराज पाण्डेयले बताए।
उनका अनुसार सभाले चालू आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षका योजनाबारे सभा सदस्यहरूबीच छलफल गरिनेछ।
कार्यपालिका बैठकले क्रिसमस र यमरि पुन्ही र उधौली पर्वको शुभकामना व्यक्त गरेको छ।
बैठकले नगरका योजना सम्पन्न गर्नका लागि वडास्तरमा क्रियाशिलता बढाउनेबारे छलफल गरेको छ।