२०८१ श्रावण १२

संघियतामा लुुम्बिनी प्रदेशको अवस्थावारे छलफल
  • लुम्बिनी खोज
  • २०७८ माघ २६, बुधबार ०८:३५ गते
बुटवल २५ माघ । संघियतामा लुम्बिनी प्रदेशको अवस्थावारेको अध्ययन सार्वजनिक तथा सरोकारवाला निकायका विचमा छलफल भएको छ । वेस नेपालको व्यवस्थापन संवाद समुह सचिवालयको आयोजनामा बुटवलमा भएको कार्यक्रममा अनुसन्धानकर्ता शेखर पराजुलीले अध्ययन रिर्पोट प्रस्तुत गरे । तिन वर्षको अवधीमा लुम्बिनी प्रदेशको राजनीतिक, समाजिक सम्बन्धको सन्दर्भ विश्लेषण गर्दै पराजुललीले अहिलेका समस्या चुनौती र अवसरहरुको व्याख्या गरेका थिए । वेस संस्थाका प्रवन्ध निर्देशक चुण वहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले अध्ययनले कैयौं नयां आयमहरुको उद्घोष गरेको भन्दै संघियतालाई अझै परिस्कृत गर्दै लैजानु पर्ने बताए । उनले कतिपय केन्द्रिकृत मानसिकता र कतिपय काम गर्ने दौरानमा भएका सिकाईहरुका कारण समस्याहरु भएपनि संघियताको विकल्प संघियता नै भएको मा जोड दिए । उनले सरकार सबैको भावनालाई समेटेरै अघि बढ्ने प्रतिवद्धता जनाए । मन्त्री शर्माले संवाद संस्थाले निकै फरक ढंगले उर्जा प्राप्त हुने गरी कार्यक्रम गरेको भन्दै यसलाई अझै व्यापक गर्नु पर्ने बताए । पुर्व स्वास्थ्य मन्त्री एवं प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले राजनीतिक अस्थीरता र पुर्वाग्रही सोचका कारण पनि संघियता माथी प्रश्नहरु आउन थालेको बताए । उनले संघीयता ठिक वेठीक भन्ने समय अहिले नभएको भन्दै यसका कमजोर पक्षहरुलाई सुधार गरेर अघि बढ्नु पर्ने बताए । ऐन कानुनहरु, कर्मचारी व्यवस्थापन, सरकार सरकार विचको समन्वय जस्ता कुराहरुमा अझै धेरै सुधार हुनु पर्ने प्रदेश सासद श्रेष्ठको भनाइृ छ । उच्च अदालत बुटवल वारका पुर्व अध्यक्ष मिना पाण्डेले अध्ययन सापेक्षारुपमा सन्तुलीत रहेको भन्दै भेगिय रुपमा कतिपय समस्याहरु अलग अलग हुन सक्ने भन्दै त्यसतर्फ आगामी दिनमा सचेत हुनु पर्ने बताए । कार्यक्रमा लेखक तथा विश्लेषक क्रषि आजाद, मनिकर कार्की र युवराज कंडेलले शुशासन, विकास र समाजिक रुपान्तरणमा गरेका उपलब्धीहरुलाई सरकारले आधार स्तम्भ बनाएर अघि बढ्नु पर्ने सुझाव दिए । उनिहरुले सघियताले सरकारसंग जनताको सहज पहुंच भएको भन्दै सोहि अनुशार उनिहरुका समस्याहरुको सम्बोधन पनि आवश्यक रहने बताए । अन्तरसंरकार विचमा सहयोगी हुनु पर्नेमा प्रतिशपर्दी जस्तो भावना कतिपय सन्द्रभमा देखिएको उनिहरुको तर्क छ । अध्ययनले धेरै विषय उठान गरेको भन्दै संघियताप्रति वढ्दो जनगुनासो सम्बोधनमा ठिलो गर्नु नहुने उनिहरुको भनाई थियो । कार्यक्रहमा प्याब्सनका प्रदेश अध्यक्ष लालहरी पाण्डे, स्टेशनरी व्यवसायी महासघका पुर्व अध्यक्ष हरि अर्याल, घरेलु महासघका सावित्रा टण्डन, क्रियाशिल महिला पत्रकार सघका अध्यक्ष कल्पना तिवारीले सघियताको मर्म र भावना अनुसार काम गर्नु पर्नेमा जोड दिदै व्यक्तिगत र दलिय लाभहानी हेर्ने परम्परा गलत भएको बताए । उनिहरुले रोलमोडल योजना र कार्यक्रमहरु ल्याउन नसक्दा पनि निरन्तरतामा क्रमभंगता नभएको धारणा राखे । कार्यक्रमा एकल महिला सघका रिता सेन, दलित महिला सघका मनु खड्का, अपाङ महासघका सावित्रा घिमिरे, यौनिक तथा अल्पसंख्यक समुदायका आनीक राना, नाई सघका विनोद ठाकुरले अध्ययानको रिपोर्ट निकै राम्रो भएपनि कतिपय समुदायका कुरा छुटेको बताएका थिए । उनिहरुले सबै तहका सरकारले आफुहरुलाई उपेक्षा गर्ने गरेको भन्दै सरकारसंग पहुच वढेपनि व्यवहारिक समस्या कायमै रहेको बताएका थिए । कार्यक्रम वरिष्ठ सहजकर्ता शुशिल वस्नेतको संचालन र बिक्रम खड्काको स्वागतमा सम्पन्न भएको थियो ।