२०८१ श्रावण १२

स्वास्थ्य बीमाले सेवाग्राही बढ्दो तर व्यवस्थापनमा चुनौती
  • लुम्बिनी खोज
  • २०८० पुष १८, बुधबार १५:२१ गते

लुम्विनीमा झण्डै ८० प्रतिशत स्वास्थ्य बीमाको पहुच बाहिर
बुटवल १८ पुस ।
स्वास्थ्य बीमा लागु भएका लुम्विनीका अस्पतालहरुमा सेवाग्राही बढ्दो रहेपनि व्यवस्थापनमा चुनौती थपिदा सेवा सहज बन्न नसकेको पाइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री देखि अस्पतालका मेडिकल सुपरिटेण्डेट सम्मले बीमाका कारण सरकारी अस्पतालहरुमा सेवाग्राही बढ्दो रहेपनि सेवा सहज बनाउन चुनौती रहेको बताएका छन् ।
बुधवार बुटवलमा स्वास्थ्य बीमा बोर्डले गरेको कार्यक्रममा प्रदेशका स्वाथ्यमन्त्री राजु खनालले बीमाका कारण बीमा कार्यक्रम लागु भएका अस्पतालहरुमा आक्रषण बढ्दो रहेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको जस्ता समस्या राखे । अस्पतालको पुरानो संरचना, पुरानो दरवन्दीले पनि सेवालाई प्रभावकारी वनाउन चुनौती रहेको धारणा उनले राखे । बीमा गरेकाले सहज सेवा लिन नीतिगत सुधारदेखि अन्य सुधारको खाचो पनि उनले औल्याए ।
दाङको विरामी काठमाण्डौं जादा आकश्मिक बिरामी भयो भने बीमाको सेवा लिन शुरुमा दाङ नै जानुपर्ने प्रावधान सच्चाएर जहा गएको अवस्थामा पनि सहज सेवा लिने गरी सुधार गर्नुपर्ने मन्त्री खनालले बताए । उनले बीमा गरेको तीन महिनापछि मात्रै बिमा अनुसारको सेवा लिन पाउने प्रावधान पनि हटाएर बीमा गरेबाटै लाग्ु गर्ने प्रावधान राख्न पनि सुझाव दिए ।
मंहगो स्वास्थ्य उपचारबाट पार पाउन बीमालाई सफल बनाउनुपर्ने र यसका लागि सामुहिक रुपमा लाग्नुपर्नेमा पनि मन्त्री खनालले जोड दिए । बीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै रकम पाउन नसकेको भन्दै सेवा अझ बढी प्रभावकारी बनाउन समयमै भुक्तानी गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा लुम्विनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर सुर्दशन थापाले अस्पतालमा बीमा कार्यक्रम लागुपछि सेवाग्राही ह्वात्तै बढेपछि ओपिडि, ल्याव तथा फार्मेशीमा ब्यवस्थापनमा चुनौती थपिएको बताए । स्वास्थ्य समाज निर्माण गर्न बीमा कार्यक्रमले ठूलो योगदान गरेको भन्दै कार्यक्रमपछि अस्पतालमा देखिएका चुनौती ब्यवस्थीत गर्दै अगाडी बढेमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै मद्दत मिल्ने धारणा उनले राखे । प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले बीमालाई सफल बनाउन प्रदेश सरकार लागि पर्ने बताए ।
बीमालाई माया गरौंः अध्यक्ष लोहनी
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बीमाको कभरेज बढाउनुपर्नेमा जोड दिए । उनले बीमा बढाउदै लैजानुपर्ने भन्दै कसरी सहज हुन्छ त्यसरी नै काम गर्न सुझाव दिए । बीमालाई माया गर्नुपर्ने र सकरात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष लोहनीले बीमा क्षेत्रका समस्या भए अप्ठारा फुकाउदै अघि बढ्ने बताए । उनले अस्पतालहरुले बिरामीको रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न पनि सुझाव दिए ।
बीमा वोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा बोर्डले समिक्षा गर्ने र समिक्षा पछि आएका निचोडका आधारमा अगाडी बढ्ने बताए । उनले बीमाको सिमा बढाउने बारेमा अध्यानको क्रममा रहेको पनि बताए ।
बीमा बोर्डको कार्यक्रममा स्थानिय सरकारको वेवास्ता
बीमा बोर्डले लुम्विनी प्रदेशमा बीमा कार्यक्रमको अवस्थाका बारेमा बुधवार गरेको कार्यक्रममा प्रदेश सरकारका अतिरिक्त स्थानिय तहका सरकार प्रमुखहरुलाई पनि खबर गरेको थियो । तर कुनैपनि पालिकाका प्रमुख तथा उपप्रमुख सहभागि भएनन् ।
केही केही पालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा कर्मचारी मात्रै कार्यक्रममा सहभागि भए । बीमा वोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले स्थानिय सरकारका जनप्रतिनिधिहरु कार्यक्रममा उपस्थीत भएर अपनत्य लिनुपर्नेमा त्यस्तो नभएको बताए । तीनै तहका सरकारको साझा कार्यक्रम रहेकाले सबैले अपनत्य लिनुपर्नेमा उनले जोड दिए ।

लुम्विनीमा ७९ प्रतिशत स्वास्थ्य विमाको पहुच बाहिर
लुम्बिनी प्रदेशमा अझै पनि झण्डै ८० प्रतिशत जनसंख्या स्वास्थ्य विमाको पहुच बाहिर रहेको पाइएको छ । प्रदेशमा स्वास्थ्य विमाको कार्यक्रम शुरुमा पाल्पाबाट लागु भएको थियो । पाल्पामा लागु भएको ७ वर्ष भएको छ । यहा हाल सबै जिल्लामा लागु छ । हाल सम्म यहा जम्मा २१ दशमलव ३३ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमाको पहुचमा पुगेको छ । प्रदेशको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएका छन् । बिमितहरू मध्ये ५ लाख २४ हजार ७ सय ७० पुरुष, ५ लाख ६७ हजार ७ सय ८७ महिला, अन्य १ सय १७ जना समावेश छन् ।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले प्रदेशमा सबैभन्दा पहिला यस कार्यक्रम २०७३ सालमा पाल्पाबाट शुरु भएको र २०७७ वmागुनसम्म आयपुग्दा सबै १२ वटै जिल्लामा लागु भएको बताए । कार्यक्रम लागु भएपछि पाल्पामा २ लाख ३६ हजार ७ सय १७ र रूपन्देहीमा १ लाख ६१ हजार ५ सय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ९६, गुल्मीमा १ लाख ७ हजार ३ सय १२, कपिलबस्तुमा १ लाख ४ हजार ४८, अर्घाखाँचीमा ८२ हजार १ सय १६, बाँकेमा ७१ हजार २ सय ५, प्यूठानमा ६३ हजार ८ सय ८६, दाङमा ४५ हजार ३, नवलपरासी पश्चिमा ४४ हजार १ सय ६८ रोल्पामा ३८ हजार ९ सय ३९ र सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको बताए ।