२०८१ श्रावण १२

स्टेशनरी व्यवसायी महासंघ बुटवलको अध्यक्षमा भुसाल
  • लुम्बिनी खोज
  • २०८० माघ १५, सोमबार १२:०३ गते

 

बुटवल १५ माघ ।
स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगरको भेला तथा तेस्रो अधिवेशनले राम प्रसाद भुसालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अस्मिता काफ्ले घिमिरे ,सचिवमा सरोज खनाल, कोषध्यक्षमा अर्जुन बस्याल रहेका छन् । कार्यसमितिको सदस्यहरुमा थ्रिलाल भट्टराइ, पुष्पा भण्डारी, गोकुल पन्थ, बिष्णु प्रसाद ज्ञवाली, भोजराज अधिकारी, विराज पोख्रेल, गोविन्द ज्ञवालि, अमित अर्याल, साहाश शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत हेमानन्द शमाले जानाकारी दिए।
निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रमम सम्पन्न भएको छ । कार्यक्रममा नयानिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारी सदस्यहरुलाइ निर्वाचन अधिकृत हेमानन्द शर्माले संस्थाको विधान अनुशार सपथ गराएका थिए ।
कार्यक्रममा पुस्तक तथा सटेशनरि ब्यवसायि महासंका केन्द्रीय सदस्य गणपति पाण्डे, महासंघका निवर्तमा जिल्ला अध्यक्ष रामकृष्ण चापागाइ, निर्वाचन अधिकृत हेमानन्द हर्मा, जिल्ला उपाध्यक्ष तथा निवर्तमान नगर अध्यक्ष बोधराज शर्मा, महासंघ जिल्ला सचिव बालकृष्ण भण्डारी, पत्रकार केशव भण्डारी, दिपेन्द्र जिसि, राजु भारीलगायतले बोल्दै ब्यवसायिका हकअधिकार संगै ब्यवसायिक कर्तव्य पालना गरेर अगाडि बढ्न आग्रह गरेका थिए।