२०८१ श्रावण १२

उद्योग संघमा गार्मेन्ट वस्तुगत समिति गठन, संयोजकमा भण्डारी
  • लुम्बिनी खोज
  • २०८० माघ २३, मंगलवार १२:०१ गते

बुटवल,२३ माघ ।
रुपन्देही उद्योग संघमा आवद्ध गार्मेन्ट उद्योगीहरुको भेलाले मंगलबार गार्मेन्ट वस्तुगत समिति गठन गरेको छ । संघमा आवद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुतगत समिति गठन गर्ने कार्य निरन्तर जारी रहँदा छ्रैठौं वस्तुगत समितिको रुपमा गार्मेन्ट वस्तुगत समिति गठन भएको छ ।
संघका प्रथम उपाध्यक्ष एवं वस्तुगत समिति गठन कार्यक्रमका संयोजक जिवकान्त काफ्लेको अध्यक्षतामा आयोजित भेलामा संघका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलालाई सम्बोधन गदै संघका अध्यक्ष सापकोटाले विभिन्न प्रकृतिका उ्रद्योगहरुका समस्यालाई एकीकृत गर्ने र समस्या समाधानका लागि संघबाट पहल गर्न सहज हुने हुँदा संघमा आवद्ध उद्योगीहरुको प्रकृति अनुसार छट्टाछुट्टै भेलाको आयोजना गरी आ—आफ्ना क्षेत्रका अनुभव र समस्याहरुलाई संघसम्म ल्याई पुरयाउन विगत लामो समयदेखि वस्तुतग समिति गठन गर्ने कार्यक्रम जारी रहेको बताए । संघका प्रथम उपाध्यक्ष एवं संयोजक जिवकान्त काफलेले वस्तुगत समिति गठनको उद्देश्य, काम, कर्तव्य र अधिकार सम्बन्धमा उपस्थित उद्योगीहरुलाई जानकारी गराएका थिए ।
संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीका अनुसार गार्मेन्ट उद्योगीहरुको भेलाले दुर्गा होजियारी उद्योगका मुक्ति प्रसाद भण्डारीको संयोजकत्वमा ७. सदस्यीय गार्मेन्ट वस्तुगत समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा गैरे होजियारी उद्योगका हरि गैरे, सचिवमा सिद्धार्थ गार्मेन्ट उद्योगका केशव पौडेल, सदस्यहरुमा वि.एण्ड वि. गार्मेन्ट उद्योगका लक्ष्मण भट्टराई, पौडेल ब्याग एण्ड रेडिमेट उद्योगका रुमलाल पौडेल,महाकाली गार्मेन्ट्सका अनिष कसौधन र हिल्स रेडिमेड उद्योगका लक्ष्मण पराजुली चयन भएका छन् ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, महिला सचिव मन्जु भुसाल, अग्रज उद्योगी बुद्धि प्रसाद शर्मा, दिपक घिमिरे र मिन प्रसाद पोखरेललाई चयन गरेको छ ।
भेलामा प्रतिवद्धता मन्तव्य राख्दै संयोजक मुक्ती प्रसाद भण्डारीले उद्योगीहरुले आफुलाई विश्वास गरी संयोजकको जिम्मेवारी दिएकोमा रुपन्देही उद्योग संघ तथा गार्मेन्ट उद्योगीहरु प्रति आभार व्यक्त गर्दै गार्मेन्ट उद्योग संचालनमा आएका कठिनाईहरुलाई समाधानका लागि सम्बन्धित निकायमा पहलका लागि रुपन्देही उद्योग संघ मार्पmत क्रियाशिल रहने भनाई व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको धन्यवाद ज्ञापन तथा महासचिव हिरामणी भट्टराईको संचालनमा सम्पन्न भेलामा संघकी महिला सचिव मन्जु भसालले नव गठित समितिाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन ।
भेलामा संघका कोषाध्यक्ष युवराज आचार्य, सहकोषाध्यक्ष बिशाल बेलबासे, कार्यसमिति सदस्य प्रज्ज्वल थान्जु, शारदा रेग्मी भट्टराई, मिना थापा तुलाधार, नारायण प्रसाद खनाल, चन्द्रकान्त खनाल, दिलु शाही एवं गार्मेन्ट उद्योगीहरुको उपस्थिति रहेको थियो ।