२०८१ श्रावण १२

रुपन्देही उद्योग संघमा अध्यक्ष परिषद गठन, संयोजकमा अर्याल
  • लुम्बिनी खोज
  • २०८० माघ २६, शुक्रबार १२:२२ गते

 

बुटवल, २६ माघ
रुपन्देही उद्योग संघमा पूर्व अध्यक्षहरुको भेलाले डम्बरदेव अर्यालको संयोजकत्वमा अध्यक्षीय परिषद् २०८०–२०८२ गठन गरेको छ ।
संघका पूर्व अध्यक्ष प्रद्युम्नलाल श्रेष्ठको अध्यक्षता र वर्तमान अध्यक्ष दिलिप सापकोटाको संचालनमा सम्पन्न भएको भेलाबाट अध्यक्षीय परिषद् गठन गरिएको हो ।
गठित परिषद्को सदस्यहरुमा संघका संस्थापक अध्यक्ष रण बहादुर शाह, पूर्व अध्यक्षहरु पि.एल.श्रेष्ठ, वेनुराम प्रधान, श्याम बहादुर पाठक, महेन्द्रनारायण श्रेष्ठ, एजाज आलम, तेजकुमार पाठक, वोनिन पिया, दिनेशराज रेग्मी, गणेशप्रसाद अधिकारी, बाबुराम बोहोरा, निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेल रहेका छन् । सदस्य सचिवमा वर्तमान अध्यक्ष दिलिप सापकोटा रहेका छन् ।
नव गठित अध्यक्ष परिषद्का संयोजक डम्बरदेव अर्यालले संघको हरेक गतिविधि र समस्याहरुमा एक भएर परिषद अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले संघको उन्नतीका लागि बनाएका योजना र कार्यक्रमलाई सफल बनाउने दायित्व पुर्ब अध्यक्षहरुको पनि रहेको बताउदै संघलाई सबैको साझा संस्था बनाउन सबैको भूमिका रहने बताए ।
संघका पूर्व अध्यक्ष एवं भेलाका अध्यक्ष पिएल श्रेष्ठले संघ स्थापनाको लक्ष्य प्राप्तीका निम्ति सोही अनुसारका गतिविधिलाई अगाडी बढाउन सुझाव दिए ।
पूर्व अध्यक्ष श्याम बहादुर पाठकले वर्तमान अवस्थालाई गम्भिर बनेर मुकाबिला गर्नुपर्ने समय आएको बताए । पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले लामो इतिहास बोकेको संस्थाको गरिमालाई उचो बनाई राख्न पूर्व अध्यक्षहरु र वर्तमान कार्य समिति एक भएर अगाडी बढनु पर्ने बताए । भेलालाई सम्बोधन गदै पूर्व अध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा देखिएको निराशाजनक अवस्थालाई मिलेर सामना गर्नुपर्ने बताए ।
अर्का पूर्व अध्यक्ष तेजकुमार पाठकले संघको गौरवपूर्ण इतिहासलाई संरक्षण गर्दै वर्तमान समयमा उद्योगीहरुका चाहाना र आवश्यकताहरु परिपूर्तिका लागि सधै नेतृत्व प्रदान गर्ने काममा पछाडी नपर्न सुझाव दिए । संघका अध्यक्ष दिलिप सापकोटाले संघले बदलिंदो वर्तमान परिस्थितिमा आप्mना गतिविधि र कार्यक्रमहरुलाई सोही अनुसार परिमार्जन गरेर अगाडी बढ्नु पर्ने बाध्यता रहेको बताए ।
संघका निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेलले औद्योगिक वातावरणमा परेको हालको प्रभाव र त्यसले अर्थतन्त्रमा देखिएको असहजताप्रति संघले चासो दिएर संबन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताए ।