२०८१ श्रावण १२

नामिबियासँग नेपाल चार विकेटले पराजित
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ३, बिहीबार ११:३७ गते

काठमाण्डौं ३ फागुन ।
दोस्रो संस्करणको नेपालले आइसिसी विश्वकप लिग– २ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । बिहिवार भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो ।
नेपालले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा ३३.१ ओभरमा पूरा गरेको हो। नेपालका लागि सोमपाल कामीले तीन, ललित राजवंशीले दुई र कप्तान रोहित पौडेलले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले घरेलु मैदानमै नामिबियाविरुद्ध कमजोर प्रदर्शन गर्‍यो। नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र बनाउन सक्यो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।
करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए ।