२०८१ श्रावण १२

नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ५, शनिबार १०:४७ गते

काठमाण्डौं ५ फागुन ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।
कीर्तिपुर मैदानमा नेपालले एक सय ३८ रनको लक्ष्य एक विकेट गुमाएर १५.२ ओभरमा भेट्टाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अल आउट हुँदै ३९ ओभरमा मात्र एक सय ३७ रन बनाएको थियो।
नेपालको इनिङ्समा ओपनर आसिफ शेख र तेस्रो नम्बर क्रिजमा आएका अनिल शाहले अर्धशतक बनाए। अनिलले ३७ बलमा ६ चौका र चार छक्कासहित ५७ रन बनाए। आसिफले ४५ बलमा आठ चौका र एक छक्कासहित ५४ रन बनाएका हुन्।
नेपालले दुई खेलबाट दुई अंक जोडेको छ। लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले हारेको थियो। अघिल्लो वर्ष सुपर लिग खेलेको नेदरल्यान्ड्सले भने हारबाट प्रतियोगिता सुरु गरेको छ।