२०८१ आश्विन ४

लुम्बिनी शिखर सम्मेलन स्थगित
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २२, मंगलवार १२:१४ गते

दाङ, २२, फागुन ।
लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्ध जन्मभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर शिखर सम्मेलन स्थगित भएको छ । केन्द्रमा सत्ता समिकरण फेरिएपछि त्यसको असरले सम्मेलन स्थगित भएको हो । मंगलवार बसेको प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको जनाएको छ ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।