२०८१ कार्तिक ८

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाः उपाधिबाट चुक्यो नेपाल
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ३०, बुधबार ०९:५५ गते

बुटवल ३० फागुन ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि पपुवा न्युगिनी (पिएनजी) चुमेको छ । हङकङमा बुधबार सम्पन्न शृङ्खलाको फाइनल खेलमा नेपाली टोलीलाई पपुवा न्यु गिनी (पीएनजी) ले ८६ रनको फराकिलो अन्तरले हराएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमै अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो ।
त्रिकोणात्मक शृंखलामा हङकङ तेस्रो भयो । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।