२०८१ आश्विन ५

व्यापार संघमा मदिरा तथा पेय पदार्थ व्यवसायीहरुको भेला
  • लुम्बिनी खोज
  • २०८० चैत्र १३, मंगलवार ११:१५ गते

बुटवल, १३ चैत्र ।
रुपन्देही व्यापार संघमा आवद्ध मदिरा तथा पेय पदार्थ व्यवसायीहरुको भेलाले मदिरा तथा पेय पदार्थ वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले राजु खत्रीको संयोजकत्वमा १२ सदस्यीय मदिरा तथा पेय पदार्थ वस्तुगत उपसमिति गठन गरेको हो । मदिरा तथा पेयपदार्थ वस्तुगत उपसमितिको सह–संयोजकमा दामोदर न्यौपाने, सचिवमा विमल पाण्डे, कोषाध्यक्षमा देवबहादुर थापा, सह–सचिवमा विनय श्रेष्ठ रहेका छन् । सदस्यहरुमा पदम भण्डारी, यमनारायण गौतम, ओमप्रकाश खनाल, अम्बिका भुसाल, प्रकाश भुसाल, सिता खरेल, रामकृष्ण कणेल र सल्लाहकारहरु शम्भुप्रसाद भट्टराई, हिमालय भुसाल र बाबुलाल खनाल रहेका छन् ।
सो भेलामा बोल्दै संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले व्यवसायीक एकताबाट मात्र व्यवसायीहरुको समस्या समाधान गर्न सकिने बताउदै त्यसका लागि पहल गर्न आग्रह गरे ।े संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे ।
संघका द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मनिराम खनाल (मणि) , वस्तुगत उपसमितिका संयोजक एवं संघका सह–सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराईलगायतले व्यवसायीहरुको प्रकृतिका आधारमा समस्याहरु देखिने हुदा त्यसलाई समाधान गर्न अन्तरक्रिया र छलफल निरन्तर गर्नु पर्ने धारणा राखे ।
कार्यक्रम संघका कार्यसमिति सदस्य शम्भुलाल श्रेष्ठको अध्यक्षता एवं नेपाल बजार विक्री प्रतिनिधि संघ लुम्बिनी शाखाका अध्यक्ष विश्वमणि भुसालको संचालनमा सम्पन्न भएको थियो ।