२०८१ माघ २
काठमाडौँ, ४ वैशाख ।
मुलुकको समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।
मंगलबार भएको उक्त भेटमा सुदूरपश्चिम सरकार गठन र एकीकृत समाजवादीको भूमिका तथा अन्य राजनीतिक विषयमा छलफल भएको थियो । उनीहरुबीच पछिल्लो राजनीतिक गतिविधिका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सनाले बताए ।