२०८१ आश्विन ४

जसपा नेपालले सहमतिबाट पदाधिकारी छान्ने
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३१, बिहीबार ०९:४४ गते

बुटवल,३१ जेठ ।

जनता समाजवादी पार्टी नेपालको पदाधिकारी चुनावबाट नभइ सहमतीय आधारमा गर्ने भएको छ।

बिहीबार मध्यान्ह चुनाव गर्ने कार्यतालिका थियो।तर, केहीबेरअघि अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया स्थगित गराएका हुन्।  सोही अनुसार बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन भएको थियो। जसपा नेपालको ११३५ प्रतिनिधि सहभागी छन्। चुनाव गर्ने भनेपछि उम्मेदवारहरुले महाधिवेशनस्थल धनुषामा व्यापक प्रचार–प्रसार गरेका थिए। तर, चुनाव सुरु हुनु केहीबेरअघि मात्र यो प्रक्रियाबाट उपेन्द्र पछि हटेका छ्न।  अन्य कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार नै अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको थियो।

भोटिङ गर्ने प्रक्रियामा नगएर सहमतिबाट निर्णय गर्ने निर्णय भएपछि अहिले उपेन्द्रले आफूसहितको टीम बनाइरहेका छन्। त्यसले १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य चयन गर्न सहमती जुटाउनेछ।