२०८१ आश्विन ६

एमाले गुल्मीको अध्यक्षमा काउछा
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३२, शुक्रबार ०९:५९ गते

बुटवल ३२ जेठ ।
नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका प्रतिस्पर्धी हिरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । काउछाले तीन सय ८४ र उनका प्रतिद्वन्द्वी एसीले दुई सय दुई मत प्राप्त गरे ।
यसैगरी, जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् । गत मंगलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा ६ सय १३ जना प्रतिनिधि सहभागी भएकोमा पाँच ९५ जनाले मतदानमा भाग लिएका थिए ।