२०८१ आश्विन ६

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट
  • लुम्बिनी खोज
  • २०८१ असार १, शनिबार १२:३७ गते

 

बुटवल १ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन्। यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन्। चालु आर्थिक वर्षको भन्दा डेढ अर्ब कमको बजेट लुम्बिनी प्रदेश सरकारले ल्याएको छ । चालु वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख बजेट ल्याइएको थियो।
आगामी वर्षमा आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोडबाट उक्त बजेटको व्यबस्थापन गर्ने लक्ष्य राखिएको छ।