२०८१ आश्विन ६

यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग
  • लुम्बिनी खोज
  • २०८१ असार ४, मंगलवार ०२:४० गते

दाङ,४असार ।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न माग गरेको छ । संगठनको दाङमा सम्पन्न बैठकले विविध बाहानामा महासंघको निर्वाचन सारिनु गलत रहेको निष्कर्षसहित यथाशिघ्र निर्वाचन गर्न माग गर्ने निर्णय गरेको सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकले जनाकारी दिए ।
ूप्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला इन्चार्ज, अध्यक्षसहितको उपस्थितिमा सम्पन्न बैठकले श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघको निर्वाचन समयमै नहुनुले यसको गरिमामाथि नै प्रश्न उठ्न सक्ने तर्फ सचेत हुन केन्द्रिय नेतृत्वलाई दवाव दिने निर्णय गरेको छ ।
बैठकमा बोल्दै नेकपा माओवादीका लुम्बिनी प्रदेश सचिव तथा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका फ्र्याक्सन इन्चार्ज कृष्ण कुमार अधिकारी९प्रकाश०ले १२ वटै जिल्लाबाट एकमत एकताका साथ निर्वाचनमा लाग्न निर्देशन दिए । उनले पार्टीको नयाँ बिधान अनुसार संगठनहरूलाई नयाँ बिचारको संश्लेषण सहित विधि निर्माणको प्रयास भइरहेको समेत बताए । सङ्गठन निर्माणमा नेता कार्यकर्ताको इमान्दारिताको मूल्याङ्मन विधि सहित प्रेस सेन्टरलाई अन्य सङ्गठन भन्दा राम्रो र फरक खालको बनाउन सुझाव दिए ।
त्यसैगरी सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसीले श्रमजीवी पत्रकारको हकहितमा लड्ने संस्थालाई विवादित गराउने कार्यमा कोही पनि संलग्न नहुन आग्रह गरे ।
बैठकले लुम्बिनी प्रदेश सरकारलाई संचारमाध्यम सुचिकृत गर्ने कार्य आर्थिक वर्षको सुरुवात संगै सुरू गर्न अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ ।
१२ वटै जिल्लाका जिल्ला इन्चार्ज, अध्यक्षले आगामी निर्वाचनको लागि जिल्लाले गरेको तयारीबारे ब्रिफिंग गरेका थिए ।
बैठकले आसन्न महासंघको निर्वाचनको तयारीमा जुट्न जिल्ला शाखालाई निर्देशन दिइएको बुझिएको छ ।