२०८२ असार ९
बुटवल, २४ फागुन । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने बताएका छन ।नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार आयोजना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै गृहमन्त्री खाणले आगामी निर्वाचन काँग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताए । “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि काँग्रेसको जित आवश्यक छ”–उनले भने ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले काँग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दावी गरे।
कार्यक्रममा जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय माधव नेपाल र हरिश ढकाललाई पुरस्कृत गरिएको थियो । गृहमन्त्री खाणले नगद २५ हजार राशीको पुरस्कार प्रदान गरेका हुन् ।त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय उपसभापति हरि लम्साल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।