२०८१ आश्विन ६

कांग्रेस संसदीय दलको बैठक ७ गते
  • लुम्बिनी खोज
  • २०८१ असार ५, बुधबार १३:५० गते

काठमाण्डौं ५ असार ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
प्रमुख सचेतक रमेश लेखकका अनुसार असार ७ गते शुक्रबार दिँउसो ३ बजे बैठक बोलाइएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ। त्यसअघि, संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ। कार्यसमितिको बैठक संसद् भवनस्थित संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ। कांग्रेस संसदीय दलका अनुसार बैठकमा समसामयिक विषय र संसदमा कांग्रेसको रणनीतिका विषयमा छलफल हुनेछ।