२०८१ आश्विन ६

लुम्बिनीको बजेटमा कांग्रेसको असन्तुष्टी
  • लुम्बिनी खोज
  • २०८१ असार ७, शुक्रबार १२:१६ गते
संघीयता तथा नीजि क्षेत्र बिरोधी बजेट आएको भन्दै प्रदेश सभा अवरुद्ध, आइतबारसम्मका लागि स्थगित

बुटवल ७ असार।
लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा कांग्रेसले असन्ष्टी जनाउदै प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको १५ औँ बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लिबहादुर चौधरीले बजेटमा असन्तुष्टी जनाउदै बिरोधका शब्दहरु राखेका थिए । उनले संम्बोधन गरेपछि आजैबाट संसद अवरुद्ध गर्ने जानाकारी गराएका थिए । उनको सम्बेधन लगत्तै कांग्रेस सांसदहरु उभिएर बिरोध जनाएपछि  आधा घण्टाका लागि स्थगित  भएको प्रदेश सभा बैठक सुचना टास गरी आइतबारसम्मका लागि स्थगित गरिएको छ  ।


कांग्रेस संसदीय दलका नेता चौधरीले सङ्घीयताको मर्म विपरित संघीयता विरोधी  बजेट ल्याएको आरोप लगाएका थिए । कृषि, पर्यटन क्षेत्रबाट प्रदेशको विकासमा योगदान गर्न सकिनेमा ती क्षेत्रमा बजेट घटाइएको धारणा उनले राखे । त्यस्तै सरकार जनजाती तथा महिला बिरोधी भएको पनि बताए । बजेट नीजि क्षेत्र बिरोधी रहेको समेत उनले बताए । नारा राम्रा लगाउने तर बजेट सोही अनुरुप नभएको धारणा पनि उनले राखे ।
सरकारले  गरेको राजश्व संकलनको अनुमान गलत रहेको पनि उनले बताए ।   उनको संबोधन लगत्तै कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्तीमगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । दलहरुबीच सहमति नजुटेपछि उक्त बैठक बस्न नसक्ने भन्दै १६ औं बैठक आइतबार बिहान ८ बजे बस्ने गरी तय गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशमा हिजोबाट बजेटमाथि छलफल  सुरु भएको  थियो ।