२०८१ आश्विन ६

जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई देउवाको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ असार ८, शनिबार १६:१७ गते

बुटवल, ८ असार ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

नवलपरासीको परासीमा शनिबार पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा सभापति देउवाले चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गर्न निर्देशन दिए । ‘सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्नुस्’, देउवाले भने ।

पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । उनले नवलपरासीमा महेशपुर मूलभन्सार भएर पनि पूर्णरुपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवम् प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिए । सभापति देउवाले नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीमा दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गर्ने भएकाले नेता, कार्यकर्तालाई ढुक्क भएर काम आग्रह गरे । उनले चुनावमा हुने अन्तरघाट हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गरेर जनता माझ पुग्नसमेत सुझाव दिए।

पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो ।

नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक(फरक भए पनि जिल्लाको विकासमा सबै दल एकजुट हुनुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले उखु र केरा खेतीको पकेट क्षेत्र भए पनि यहाँका उत्पादनले बजार पाउन नसकेको बताए ।