२०८१ कार्तिक २

प्रधानमन्त्री प्रचण्डले मेसिनबाट रोपे धान
  • लुम्बिनी खोज
  • २०८१ असार १५, शनिबार १०:१४ गते

बुटवल, १५ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोपेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेका हुन् ।प्रधानमन्त्री प्रचण्ड सहभागी धान रोपाइँ महोत्सवमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल लगायतको सहभागिता रहेको थियो । उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो ।