२०८१ आश्विन ६

नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन सुरु
  • लुम्बिनी खोज
  • २०८१ असार १६, आईतवार १०:५० गते

काठमाण्डौं १६ असार ।
नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन आइतबारबाट काठमाण्डौंमा सुरु भएको छ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपस्थित छन्।
यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत विभिन्न दलका नेताहरु पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन्।
करिब एक हजार आठ सय प्रतिनिधि सहभागी महाधिवेशनले एकीकृत समाजवादीको आगामी नेतृत्वसमेत चयन गर्नेछ।