२०८१ आश्विन ६

रास्वपा केन्द्रीय समितिमा महामन्त्रीको प्रतिवेदन पेस
  • लुम्बिनी खोज
  • २०८१ असार १९, बुधबार १०:४१ गते

काठमाडौँ,१९ असार।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदन पेस भएको छ ।
बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका हुन। आफ्नो राजनीतिक प्रतिवेदन प्रत्यक्ष प्रसारण हुनुपर्ने माग सम्बोधन नभएपछि महामन्त्री ढकालले मुखमा कालो टेप लगाएर बसेको र उनको राजनीतिक प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले प्रस्तुत गरेको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिए । प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो औँल्याइएको छ।
प्रतिवेदन भित्रका कुरा आन्तरिक रूपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रीय समितिका सदस्यले राखेपछि महामन्त्री ढकालको सो प्रतिवेदन लाइभ हुन नसकेको रास्वपाले जनाएको छ।

रास्वपाले महामन्त्री ढकाललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । सहप्रवक्ता मनिष झाले सो समाचारमा कुनै सत्यता नरहेको प्रस्ट्एका हुन। उनले सोविता गौतमलाई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको भन्नेकुरा पनि सत्य नभएको बताए ।