२०८१ आश्विन ६

नेकपा एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा
  • लुम्बिनी खोज
  • २०८१ असार २१, शुक्रबार १४:१२ गते

काठमाण्डौं २१ असार ।
नेकपा (एकीकृत समाजवादी)मा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।
२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य केही दिनभित्र पूर्णता दिने भएको छ । ९३ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरू पहिलाको पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश रहेका छन् ।
बिहीबार सर्वसम्मत अध्यक्ष, सम्मानित नेता र महासचिव चुनेको अध्यक्षमण्डलले शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो। अध्यक्ष, सम्मानित नेता र महासचिवमा क्रमशः माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसालले नै निरन्तरता पाएका छन्।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। बाँकी सदस्य र पदाधिकारी चयन छिट्टै गरिने बताइएको छ।