२०८१ आश्विन ६

लुम्बिनी प्रदेश सरकारले खर्च ग-यो ६६ प्रतिशत बजेट
  • लुम्बिनी खोज
  • २०८१ असार २५, मंगलवार १३:२८ गते

बुटवल २५ असार ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६६ दशमलव १४ प्रतिशत बजेट खर्च गरेको छ । स्थानिय तह वित्त हस्तान्तरणकोसहित बजेट खर्च ६६ दशमलव १४ प्रतिशत देखिएको हो । यहा ३ अर्ब ३७ करोड १० लाख ५६ हजार २४२ रुपैया स्थानिय तह वित्त हस्तान्तरणमा गएको छ । असार २४ गतेसम्म सो रकम सहित यहा २६ अर्ब ७७ करोड ३५ लाख ११ हजार २०३ रुपैया खर्च भएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०।०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याएकोमा चाल् तर्फ स्थानिय तहमा हस्तान्तरणसहित १० अर्ब ७४ करोड २७ लाख ९३ हजार ३५५ रुपैया खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार लुम्बिनी प्रदेशमा पुजिगत तर्फ ६८ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको छ । यहा पुजिगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजारको बजेट रहेकोमा १६ अर्ब ३ करोड ७ लाख १७ हजार ८४७ रुपैया खर्च भएको छ ।