२०८१ आश्विन ६

प्रधानमन्त्री प्रचण्डले संसद्‍मा विश्वासको मत लिँदै
  • लुम्बिनी खोज
  • २०८१ असार २८, शुक्रबार ०६:४५ गते

काठमाडौँ २८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । विश्वासको मतका लागि प्रस्ताव पेश गर्न अहिले प्रधानमन्त्री प्रचण्डले संसदमा सम्वोधन गरिरहेका छन् ।
उनले विश्वासको मतको प्रस्ताव पेस गर्न प्रतिनिधिसभाको रोस्टममा छन् । कांग्रेस र एमालेको नयाँ गठबन्धन निर्माण भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । उनले सुरूमै शुक्रबारको बाढीपहिरो र बस दुर्घटनाको विषयबाट सम्बोधन सुरु गरे । संसदीय लोकतन्त्र भएका देशमा प्रमुख प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाएका उदाहरण कमै देखिने बताए ।