२०८१ कार्तिक २

नेप्से २७ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ९, बुधबार १०:३५ गते

बुटवल ९ साउन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७.३२ अंकले घटेको छ । नयाँ सरकार गठनपछि लगातारजसो बढिरहेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको हो । नेप्से परिसूचक २७.३२ अंकले घटेर दुई हजार पाँच सय ३६.११ विन्दुमा झरेको छ।
आज ३११ कम्पनीका चार करोड सात लाख ४७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि पछिल्ला ६ दिनमा १२ अर्बदेखि १५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदै आएको थियो।

आज १९४ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ४६ कम्पनीको मूल्य मात्रै बढेको छ।