२०८१ आश्विन ५

माओवादी केन्द्रको साउन २५ मा स्थायी समिति बैठक बोलाउने निर्णय
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १५, मंगलवार १०:५३ गते

काठमाडौ,१५ साउन ।

माओवादी केन्द्रले साउन २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै बैठकले ०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको उनले बताए । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे वृहत् छलफल भएको उनले जानकारी दिए ।