२०८१ आश्विन ५

टिआरसीसम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन प्रचण्डको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २३, बुधबार ०८:५५ गते

काठमाडौ, २३ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुंग्याउन आग्रह गरेका छन ।
बुधवार सिंहदरबारमा टिआरसीसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंग्याउने काम सकारात्मक रहेको बताए । उनले यस कामलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमा समेत चित्रण गरे ।